हेडलाईनसमाचारविजनेस

नेप्सेमा नकारात्मक सर्किट: २ मिनेटमै बजार ४% ले ओरालो, कारोबार २० मिनेटका लागि स्थगित

२ मिनेटमै बजार ४% ले ओरालो

प्रहार समाचार । काठमाडौँ, २ असोज  २०८२ बिहीवार ।  — सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो गिरावट देखिएको छ। बिहीबार नियमित कारोबार खुलेको २ मिनेटमै नेप्से १०७.०४ अंकले ओरालो लाग्दै ४ प्रतिशतभन्दा बढी घटेपछि नकारात्मक सर्किट लागेको हो।

यसअघि प्रि ओपन सेसनमै परिसूचक उच्च अंकले घटेको थियो। नियमित कारोबार सुरु भएसँगै २०० कम्पनीका ३ लाख ३४ हजार २७५ कित्ता शेयर १ हजार ८५७ पटकको कारोबारमार्फत १५ करोड ६६ लाख १६ हजार ९३७ रुपैयाँ ७० पैसामा खरिदबिक्री भएका छन्।

नकारात्मक सर्किट लागेपछि शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ। बजार अब ११:२२ बजे पुनः सुचारु हुनेछ। यद्यपि, कारोबार पुनः सुरु भएपछि परिसूचक थप एक प्रतिशत अर्थात् कुल ५ प्रतिशतले घटेमा दोस्रो सर्किट लाग्ने र कारोबार ४० मिनेटका लागि फेरि स्थगित हुने व्यवस्था छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button