प्रहार समाचार । काठमाडौँ, २ असोज २०८२ बिहीवार । — प्रि ओपन सेसनमा नेप्से परिसूचक उल्लेखनीय गिरावटसहित बन्द भएको छ। अघिल्लो कारोबार दिन ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा पुगेको नेप्से यस दिन ३४.२७ अंकले घट्दै २६३७.९७ विन्दुमा झरेको हो। सोही सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ७.३० अंकले घटेको छ।

यस अवधिमा १६८ कम्पनीका १ लाख ३० हजार ५८५ कित्ता सेयर ७५२ पटकको कारोबारमार्फत ५ करोड २७ लाख ६ हजार ९९ रुपैयाँ ७० पैसामा खरिदबिक्री भएका छन्।

कारोबारमा संलग्न स्टकमध्ये १३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ३ कम्पनीको मूल्य भने स्थिर रहेको देखिएको छ।


























