हेडलाईनसमाचारप्रदेश

नेपाल प्रहरीमा ४८ जना एसपीको सरुवा, सूचि सहित

काठमाडौं, असोज २ — नेपाल प्रहरी संगठनले एकैपटक ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)हरूको सरुवा गरेको छ। संगठनात्मक प्रभावकारिता तथा सुरक्षात्मक व्यवस्थापन सुदृढ बनाउन प्रहरी प्रधान कार्यालयले उक्त निर्णय गरेको हो।

यस सरुवाअनुसार केही प्रमुख जिल्लामा नयाँ प्रहरी प्रमुख खटाइएका छन्। कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दीपक श्रेष्ठ र पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई सरुवा गरिएको छ।

पर्सा जिल्लामा सुधिपराज पाठक, बाँकेमा अंगुर जिसी तथा कास्कीमा नवीन कार्कीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, सुनसरीमा केशव थेवे, भक्तपुरमा सूर्यबहादुर खड्का र पूर्वी नवलपरासीमा युवराज खड्का खटाइएका छन्। मकवानपुर जिल्लाको नेतृत्व सुवासचन्द्र बोहराले गर्नेछन्।

प्रहरी स्रोतका अनुसार सरुवाको निर्णय सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो। हालको सुरक्षा अवस्था, व्यक्तिगत कार्यसम्पादन र प्रशासनिक आवश्यकता अनुरूप सरुवा गरिएको जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button