हेडलाईनसमाचारसूचना प्रविधि

आजको मौसम : देशभर भारी वर्षा हुने

प्रहार समाचार । काठमाडौँ, १ असोज २०८१ बुधवार । गएरातिदेखि देशका धेरै ठाउँमा वर्षा भएको छ। मनसुनसँगै स्थानीय वायुले समेत सक्रिय भूमिका खेलेकाले देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा पानी परिरहेको छ ।

आज दिउँसो बागमती, लुम्बिनी र अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, कर्णालीका पहाडी क्षेत्र र लुम्बिनीका तराई क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भूभागसहित मधेश प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेकाले वर्षा अझै केही दिन जारी रहने संकेत गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button