प्रहार समाचार । काठमाडौँ, ३१ भदौ २०८२ मङ्गलवार । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटमा समावेश टुक्रे र तयारी नभएका आयोजना कटौती गर्ने प्रक्रिया अघि बढाएका छन्। यसका लागि उनले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्। समितिमा राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा सदस्य छन्।

समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। सो अनुसार बुधबारसम्म प्रतिवेदन बुझाइनेछ।
अर्थमन्त्री खनालले पदभार सम्हाल्दै गरेको दिन नै अर्थसचिव घनश्याम उपाध्यायले बजेटमै समावेश टुक्रे र अपूरा आयोजना हटाए करिब १ खर्ब रुपैयाँ बजेट बचत गर्न सकिने जानकारी दिएका थिए।


























