हेडलाईनसमाचारप्रदेश

उज्यालो अभियानदेखि ऊर्जा मन्त्रालयसम्म कुलमान

प्रहार समाचार । काठमाडौं, ३० भदौ २०८२ सोमवार । नेपाल विद्युत् प्राधिकरणलाई घाटाबाट नाफामा पुऱ्यायाउँदै लोडसेडिङ अन्त्य गराएका कुलमान घिसिङ फेरि ऊर्जाको जिम्मेवमा फर्किएका छन्।


२०७३ सालमा प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि उनले दशैं–तिहारमै उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए। उनका सुधारक कदमका कारण आम नागरिकले उनलाई “बत्ती बाल्ने” अभियन्ता मान्दै आएका छन्।

तर, उनको कार्यकाल विवादरहित भएन। २०८१ चैतमा तत्कालीन सरकारको निर्णयबाट बर्खास्त गरिएका उनले अदालतसमेत धाएका थिए, तर न्यायालयले उनलाई साथ दिएन। मन्त्रीहरूसँग उद्योगको विद्युत आपूर्ति र नीतिगत विषयमा बारम्बार ठोक्किँदै उनले पद गुमाएका थिए।

रामेछापमा जन्मिएका घिसिङले २०५१ सालमा सातौँ तहका इन्जिनियरका रूपमा प्राधिकरणमा प्रवेश गरेका थिए। चिलिमे जलविद्युत कम्पनीमा रहँदा रसुवागढी, मध्यभोटेकोशीलगायतका ठूला आयोजनामा सक्रिय योगदान दिएका थिए।

हालै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उनलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी छन्। बहराइन, खाडी मुलुक हुँदै युरोप–अमेरिका यात्रामा नेपालीहरूबाट समर्थन र भरोसा पाएका घिसिङ अब ‘उज्यालो नेपाल’ अभियानलाई सरकारी स्तरमा निरन्तरता दिने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button