हेडलाईनसमाचार

ब्यास नगरपिता तपाईँले राजीनामा दिनुपर्छ

ब्यास नगरपिता ज्यू, जय नेपाल !

हिजो जेनजीहरूले दुई माग राखेर आन्दोलन सुरु गरे आन्दोलनको उद्देश्य
  १. चरम भ्रष्टाचार अन्त्य गर्नुपर्ने।
 

२. सामाजिक सञ्जाल स्वतन्त्र र खुला रहनुपर्ने।

पहिलो दिनकै शान्तिपूर्ण आन्दोलनमा तपाईँ सरिक हुन सक्नुभएको भए, वा कम्तिमा “यो माग जायज छ, म पनि समर्थन गर्छु” भनेर साथ दिएको भए, जनताले तपाईँलाई अर्कै ढङ्गले सम्झन्थे। तर तपाईँले त्यो आट गर्न सक्नुभएन।

हिजो तपाईँकै चुनावमा तपाईं को प्रतिस्पर्धी दीपकराज जोशी पोखरा अस्पतालमा उपचार गराइरहेका थिए।  मानवीयता बिर्सेर तपाईंले त्यही साँझ अनसन चौतारीमा तपाईँले गरेको  भाषण अझै व्यास नगर पालिका नागरिक हरुको कानमा गुन्जी रहेको छ।“ यो कांग्रेसको जिल्ला हो,  सिडियो डिएसपी लखेटेको जिल्ला हो तलमाथि भए पनि भोग्न तयार हुनुहोस्” भन्नुभएको थियो। तर आज नगर जलेपछि भने तपाईँ आत्मविश्वासका साथ नाम नलिइ भाग्नु भयो।

गोबिन्दराज जोशीले बनाइ दिएको कांग्रेसको भवनमा बसेर चुनाव जित्दा खुशी मान्नुभयो, तर त्यही कांग्रेस भवन भत्किँदा किन भाग्नुभयो? तपाईँलाई पार्टीले भोट हालेर जिताएको हो भन्ने गर्व गर्नुभन्दा, त्यो मत परिणामलाई नै अदालतसम्म गएर प्रश्न गर्ने प्रतिस्पर्धीलाई रोक्न सरकारले दवाव प्रयोग गर्नु  भयो।अदालतले पुनः मतगणना गर्न आदेश दिए पनि तपाईँले रोक्न खोज्नु भयो। यसरी गर्नुपर्ने के थियो? तपाईँलाई आफ्नो भोटमा विश्वास थिएन र?

ललितपुरमा चिरीबाबु जस्तै डटेर भन्न सक्नु हुन्थ्यो “मैले भ्रष्टाचार गरेको छैन।” तर तपाईँ त आरोपै नलाग्दा पनि आफैंलाई दोषी ठहर गरेजस्तै गरेर भाग्नुभयो। त्यसैले आज ब्यास नगरपालिका ध्वस्त भएको छ। बहुदल आएको बेला कृष्ण रावलको घरमा पिट्ने, चुलोमा मुत्ने, भत्काउने काम गर्ने तपाईँलाई जनताले बिर्सेका  छैनन।  तर आजको आन्दोलनमा कसैले तपाईँलाई तपाईँले अरूलाई   गरे जस्तो गरेनन। बरु तपाईँ आफैं नगरवासीलाई टुहुरो बनाएर भाग्नुभयो।

नगरपिता भनेको नगरको सम्रक्षण गर्ने, ईमान्दारीपूर्वक जनतासँग उभिने मान्छे हो बरु मर्न तयार हुन्छ तर भाग्दैन। तपाईँले नगरवासीलाई आगोको रापमा छोडेर भाग्नु भयो, यो नैतिकताको दृष्टिले क्षम्य छैन।

यसकारण, ब्यास नगरपालिका जल्नुमा मुख्य कारण तपाईँ आफैं हुनुहुन्छ। यो क्षति केवल तपाईँकै कामको परिणाम हो। अब कम्तिमा पनि नैतिक जिम्मेवारी लिएर राजीनामा दिने आट गर्न सक्नुहुन्न?

ब्यास नगरवासीहरूको तर्फबाट

रमेश शर्मा

हाल बेलायत


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button