हेडलाईनसमाचारप्रदेश

बानेश्वरमा लुटेराले फ्याँकेको ५ लाख रुपैयाँ भेटिएपछि : सुरेश देउलाको ईमानदारीले सबैलाई चकित पार्‍यो !

प्रहार समाचार । तनहु, २९ भदौ २०८२ आइतवार । सडक किनारमा बिनास्रोत भेटिएको लाखौं रुपैयाँ कतिले आफ्नै बनाएर हजम गरिदिन्थे होला। तर ललितपुरका सुरेश देउलाले त्यही पैसा प्रहरीलाई बुझाउँदै ईमानदारीको ज्वलन्त उदाहरण पेश गरेका छन्।

प्राप्त समाचार अनुसार काठमाडौंको बानेश्वर क्षेत्रमा लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ फेला पारेका एक नागरिकले त्यो पैसा आफूसँग नराखी सिधै प्रहरीलाई बुझाएका छन्।

भक्तपुर स्थायी घर भई ललितपुरको बंगलामुखीमा बसोबास गर्दै आएका सुरेश देउला नाम गरेका ती ईमानदार व्यक्तिले फेला पारेको उक्त रकम जिल्ला प्रहरी परिसर ललितपुरमा आज बुझाएका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, देउलाले बानेश्वर क्षेत्रमा लुटेराले फ्याँकेको अवस्थामा पैसा देखेपछि कुनै हिच्किचाहट नगरी प्रहरीलाई सम्पर्क गरेका थिए र रकम सिधै बुझाए।

“यति ठूलो रकम फेला पर्दा पनि आफूले नराखेर प्रहरी लाई बुझाउने काम गर्नु अत्यन्तै प्रशंसनीय हो,” एसएसपी अधिकारीले भने। ‘सुरेश देउलाको यो कदम समाजका लागि प्रेरणादायी बनेको छ।’

प्रहरीका अनुसार, उक्त पैसा सङ्गै लुटपाटसँग सम्बन्धित प्रमाण पनि हुन सक्छ, र हाल लुटेराको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। सीसीटीभी फुटेज र स्थानिय व्यक्तिहरु सङ्ग सोधपुछ र अनुसन्धान प्रहरीले अगाडी बढाएको जनाएको छ ।

यस घटनाले केवल सुरेश देउलाको ईमानदारी मात्र होइन, आम नागरिक र प्रहरीबीचको विश्वास र सहकार्यको नयाँ अध्याय पनि खोलेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button