हेडलाईनसमाचारप्रदेश

‘जेन जी’ पुस्ता आन्दोलनको भयावह रूप लियो : भाटभटेनीको स्टोरमा ६ वटा जलेका शव फेला, मृतक संख्या ५७ पुग्यो

प्रहार समाचार । काठमाडौँ, २९ भदौ २०८२ आइतवार । ‘जेन जी’ पुस्ता आन्दोलनका क्रममा राजधानी काठमाडौँ महानगर- ७, बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ।

आज बिहान ६ वटा मानव कङ्काल जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका अनुसारले जानकारी दिए । स्टोरको भित्री भागमा ती शवहरू पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका हुन्। “मानव कङ्काल भएको पुष्टि भइसकेको छ, विस्तृत विवरण पोस्टमार्टमपछि आउनेछ,” एसपी बोहराले बताए। शवहरू परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। ती शवहरु भाटभटेनी लुट्न आउने लुटेया या आन्दोलनकारी हुन सक्ने बताइन्छ ।

यसअघि विभिन्न ठाउँमा भएको झडप, आगजनी र हिंसात्मक घटनाका कारण ५१ जनाको ज्यान गएको पुष्टि भएको थियो। प्रहरी सह–प्रवक्ता एसपी रमेश थापाका अनुसार तीमध्ये ३ जना नेपाल प्रहरीका जवान थिए भने १ जना भारतीय नागरिक थिए। बाँकी सबै नेपाली नागरिक रहेका छन्। यो सङ्गै मृत्यू हुनेको संङ्ख्या ५७ पुगेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button