हेडलाईनसमाचारप्रदेश

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेटिन्

प्रहार समाचार । काठमाडौं, २८ भदौ २०८२ सोमवार । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्न आज विभिन्न अस्पतालको अवलोकन मा पुगेकी छन्।

प्रधानमन्त्री कार्कीले वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य स्थिति बारे जानकारी लिएकी हुन्। अस्पताल भ्रमणका क्रममा उनले चिकित्सकहरूसँग घाइतेहरूको उपचार प्रक्रिया र अवस्था बारे सोधपुछ गरेकी थिइन् ।

प्रधानमन्त्रीले आन्दोलनको क्रममा आक्रमणमा परेका केही प्रहरी चौकीहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसमेत रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

जेनजी आन्दोलनका कारण हाल देशका केही भागमा अशान्ति सिर्जना भएको छ। आन्दोलनका क्रममा सर्वसाधारण र सुरक्षाकर्मी दुबै पक्ष घाइते भएका छन्। यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीको अस्पताल भ्रमणलाई सरकारको तर्फबाट सम्वेदनशीलता प्रकट गर्ने प्रयासको रूपमा हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button