हेडलाईनसमाचारप्रदेश

पूर्व प्रधानमन्त्री ओलीविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता

प्रहार समाचार । काठमाडौँ, २८ भदौ २०८२ शनिवार । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जाहेरी दिँदै ओलीले प्रदर्शन दबाउन सुरक्षा निकायलाई गोली चलाउन आदेश दिएको दाबी गरेका छन्।

जाहेरीमा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको उल्लेख गरिएको छ। मृतकमध्ये सुलभ राज श्रेष्ठ, बुद्धि तामाङ, पारुहाङ राई, योगेन्द्र न्यौपाने, निता गौतमलगायतको नाम समावेश छ। थुप्रै घाइतेहरू उपचाररत रहेको उल्लेख गरिएको छ। घटनाबारे गहिरो अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।

सांसद शाहले शव परीक्षण रिपोर्ट, घटनास्थलको मुचुल्का र अन्य प्रमाणहरू संकलन गरी मुद्दा अघि बढाउन आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरी सम्बन्धित निकायमा पठाउने प्रक्रिया थालिएको जानकारी दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button