हेडलाईनसमाचारप्रदेश

नेपाली सेनाको सुरक्षात्मक सतर्कता : हटलाइन नम्बर सार्वजनिक

प्रहार समाचार । काठमाडौँ, २५ भदौ २०८२ बुधवार । देशभर सम्भावित अराजक र आपराधिक गतिविधि बढ्न सक्ने आकलनसहित नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षा परिचालन सुरू गरेको छ। तस्बिर : नेपाली सेना

सरकारले संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सेनालाई सार्वजनिक शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। सेनाले अहिले विभिन्न ठाउँमा सुरक्षात्मक तैनाथी गर्दै अराजकता नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ।

यही क्रममा नेपाली सेनाको जंगी अड्डाले दुईवटा हटलाइन नम्बर – ०१–५९७९२२३ र ०१–५९७९२२४ – सार्वजनिक गरेको छ। नागरिकले कुनै पनि आपराधिक वा अराजक गतिविधिको सूचना तत्काल ती नम्बरहरूमा सम्पर्क गरी दिन सक्ने व्यवस्था गरिएको छ। सेनाले जनताको प्रत्यक्ष सहभागितामार्फत सुरक्षामा सहकार्य गर्न आग्रह गर्दै हटलाइन सेवा सञ्चालनमा ल्याएको हो।

सेनाले स्पष्ट रूपमा चेतावनी दिँदै अराजक गतिविधि सह्य नहुने जनाएको छ। शान्ति सुरक्षा कायम राख्न तथा नागरिकको ज्यान र सम्पत्तिको संरक्षण गर्न सेना कुनै कसर बाँकी नराख्ने बताएको छ। आपतकालीन परिस्थितिमा जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै सेनाले आफ्नो भूमिका थप सक्रिय बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button