प्रहार समाचार । तनहुँ, २५ भदौ २०८२ बुधवार । सरकार विरुद्धको ‘जेन-जी’ आन्दोलनले तनहुँ जिल्लामा प्रशासनिक संयन्त्र नै ध्वस्त बनेको छ।

आन्दोलनकारीले आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति, जिल्ला सरकारी वकिलको कार्यालय पूर्णरूपमा जलेर खरानीमा परिणत भएको छ । कर, घरेलु तथा मालपोत कार्यालयय पनि आंशिक क्षति पुगेको छ भने जिल्ला अदालतमा समेत आगजनी भएको छ।

अझैसम्म पनि जिल्ला प्रशासन कार्यालय र समन्वय समितिमा धुवाको मुस्लो उडिरहेको छ। यस्तो स्थितिमा जनताका सेवा, अभिलेख र कानुनी प्रक्रिया पूर्णरूपमा ठप्प भएका छन् ।

























