• बिजय अधिकारी (प्रहार संवाददाता ) काठमाडौं, २४ भदौ २०८२ मङ्गलवार । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जेन जीले गरेको प्रदर्शनमा सरकारको दमनप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री पदबाट राजीनामा दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत शान्तिपूर्ण विरोधमाथि भएको दमन र साना बालबालिकाको हत्या अस्वीकार्य भएको उल्लेख गर्दै यसप्रति आफ्नो नैतिकताका कारण राजीनामा दिएको जानकारी गराएका छन्।
मन्त्री अधिकारीले लोकतन्त्रमा प्रश्न सोध्नु र विरोध गर्नु नागरिकको अधिकार भएको हुँदा सरकारको कदम अलोकतान्त्रिक रहेको प्रतिक्रिया दिएका छन्।

























