प्रहार समाचार । काठमाडौं, २४ भदौ २०८२ मङ्गलवार । काठमाडौं महानगरपालिकाका प्रमुख बेलेन्द्र (वालेन) ले हालको राजनीतिक आन्दोलनलाई “Gen Z” अर्थात् नवयुवा पुस्ताको आन्दोलनको रूपमा परिभाषित गरेका छन्। उनले आन्दोलनको क्रममा प्रमुख माग मानिएको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेको जनाउँदै अब संयमता अपनाउन आग्रह गरेका छन्।

मेयर बालेनले भनेका छन् – ‘प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला,” शाहले सामाजिक सञ्जालमार्फत भनेका छन् – देशको जनधनको क्षति स्वयं जनताको सम्पत्तिमा आँच पुर्याउने नपुऱ्याउन तथा सावधानी अपनाउन आह्वान गरे।
शाहले युवा पुस्तालाई आगामी नेतृत्वका लागि तयार रहन समेत आग्रह गर्दै भने, “अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला।” साथै उनले सेना प्रमुखसँग वार्ता गर्न तयार रहन समेत सुझाएका छन्, तर संसद् विघटनको सर्त राख्दै।

























