हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको दोर्दी गाउँपालिकामा स्वास्थ्य सेवा मूल्याङ्कन : फलेनि चौकी उत्कृष्ट

• विजय अधिकार ( प्रहार संवाददाता) लमजुङ, १० भदौ २०८२ मङ्गलवार । लमजुङको दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा सम्पन्न गरेको छ।

भदौ ८ र ९ गते गाउँपालिका सभाहलमा सम्पन्न कार्यक्रममा विगत वर्षका उपलब्धि, देखिएका चुनौती तथा आगामी दिनका प्राथमिकतामा केन्द्रित छलफल गरिएको थियो।

कार्यसम्पादन मूल्याङ्कनमा फलेनि स्वास्थ्य चौकी प्रथम, नौथर सामुदायिक स्वास्थ्य इकाई/स्वास्थ्य चौकी द्वितीय र अर्चलबोट स्वास्थ्य चौकी तृतीय स्थानमा चयन भए। यसलाई गाउँपालिकाले स्थानीयस्तरमा स्वास्थ्य सेवा सुधारको उदाहरणीय प्रयासका रुपमा व्याख्या गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छ बहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ र स्वास्थ्य चौकी प्रमुखहरूको सहभागिता थियो। सहभागीहरूले सेवा विस्तारलाई अझै प्रभावकारी बनाउन समुदायमै आधारित दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button