हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

दमौलीको तीज गीत प्रतियोगिता : दीप ज्योति आमा समूह प्रथम, ग्रिनसिटी द्वितीय

प्रहार समाचार । तनहुँ, १० भदौ १० भदौ २०८२ मङ्गलवार । हरितालिका तीजको अवसरमा महिलामाझ प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित तीज गीत प्रतियोगितामा दमौलीका आमा समूहहरूले सांगीतिक रंग भरेका छन्। दमौली एफएम र दमौली खबर दैनिकको आयोजनामा भएको प्रतियोगिताले दमौली बजारक तीजको माहोल झन् चहकिलो बनायो ।

प्रतियोगितामा दीप ज्योति आमा समूह व्यास–१ ले प्रथम हुँदै २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

त्यस्तै, व्यास–२ को ग्रिनसिटी टोल आमा समूहले द्वितीय स्थान हासिल गरी १५ हजार प्राप्त गरे भने व्यास–४ को विरालेटोल आमा समूहले तृतीय स्थान हासिल गर्दै १० हजार पुरस्कार जिते ।

सान्त्वना पुरस्कार व्यास–४ कै वीरता टोल विकास संस्था र जलदेवी टोल विकास समाजले हात पार्दै २ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे।

विजयी टिमलाई पूर्व मन्त्री एवं संघीय सांसद शंकर भण्डारीले पुरस्कार प्रदान गर्दै संस्का संस्कृति रक्षा गर्ने काममा यस्ता कार्यक्रम उपयोगि हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ र व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पनि महिला सशक्तीकरणमा यस्ता कार्यक्रम महत्वूर्ण रहने बताए ।

संस्थाका अध्यक्ष हरिशरण पण्डितको सभापतित्वमा सम्पन्न प्रतियोगितामा ८ टिमक सहभागिता जनाएका थिए। सहभागी समूहलाई यातायात खर्च स्वरूप एक हजार रुपैयाँ प्रदान गरिएको दमौली एफएमका निर्देशक प्रतापसिं अधिकारीले जानकारी दिए। कार्यक्रममा हालै बजारमा आएको ‘कोरियाको लाहुरे’ तीज गीतका गायक दीपक गैह्रेले आफ्नो प्रस्तुती राखेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button