हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकास्वास्थ्य

तनहुँमा जापानिज इन्सेफलाइटिसको जोखिम : होसियारी अपनाउन स्वास्थ्यकर्मीको आग्रह

प्रहार समाचार । तनहुँ, १० भदौ २०८२ मङ्गलवार । तनहुँमा जापानिज इन्सेफलाइटिस देखिएपछि स्थानीयवासीलाई स्वास्थ्यकर्मीहरूले सतर्क रहन आग्रह गरेका छन् । भिमाद नगरपालिका–२ का ८० वर्षीय वृद्धमा रोगको सङ्क्रमण पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयले जनचेतना कार्यक्रमलाई तिव्रता दिएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप केडेलका अनुसार ती वृद्धको नमूना परीक्षण नयाँ मेडिकल कलेज चितवनमा गरिएको थियो । नतिजामा जापानिज इन्सेफलाइटिस पोजिटिभ लियका प्रमुख अमर दवाडीको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पुगेर सम्पर्क परीक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो, जसले मस्तिष्कमा सङ्क्रमण गरी स्नायु प्रणालीमा क्षति पुर्‍याउँछ । यसले बिरामीलाई अङ्भङ्ग मात्र होइन, मृत्युसमेत गराउन सक्ने भएकाले समयमै सतर्कता अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । सुरक्षित सुत्ने बानी, लामखुट्टे भगाउने साधन प्रयोग र स्वास्थ्य परीक्षण नगरेसम्म जोखिम कायमै रहने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button