प्रहार समाचार । तनहुँ, ९ भदौ २०८२ सोमवार । तनहुँको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आज पदभार ग्रहण गरेलगत्तै राजनीतिक प्रभाव र दबाबलाई कहिल्यै स्वीकार नगर्ने घोषणा गरेका छन्। सुरुमै आफूमाथि राजनीतिको हिलो छ्याप्ने प्रयास गरेको प्रति असन्तोष जनाउँदै उनले भने, “म राष्ट्रसेवक कर्मचारी हुँ, नियम–कानुनभन्दा एक इञ्च पनि तलमाथि गर्दिन ।’ उनेले भने ।

अनुभवी प्रशासकीय अधिकृत लम्सालले प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की सङ्गको कुराकानीमा नगरको वास्तविक समस्या पहिचान गर्दै व्यवहारिक समाधानतर्फ ध्यान दिने बताए। विभिन्न स्थानीय तहमा सेवा अनुभव बटुलेका उनले व्यास नगरलाई जनप्रतिनिधि, कर्मचारी प्रशासन र नगरबासीबीच प्रत्यक्ष समन्वयमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
व्यास–८ का स्थायी बासिन्दा समेत रहेका लम्सालले आफू यही नगरको मतदाता भएको स्मरण गर्दै नगरको विकास र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने अठोट दोहोर्याए। उनले व्यास राजनीतिक प्रभाव उच्च रहेको जिल्ला भए पनि “दबाब वा प्रभावले आफूलाई विचलित पार्न नसक्ने” ठोकुवा गरे।



















