व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको कुलुङ गाउँको बाटोको ढलान कार्य सुरु

प्रहार समाचार । तनहुँ, ९ साउन २०८२ सोमवार । तनहुँको व्यास नगरपालिका–१४ अन्तर्गत ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कुलुङ गाउँमा सामुदायिक सहकार्यसहित बाटोको निर्माण तीव्र गतिमा भइरहेको छ।

गत वर्ष वडाबाट विनियोजित ५ लाख र यस वर्ष पनि विनियोजित ५ लाखको बजेट तथा स्थानिय जनताको २० प्रतिशत जनश्रमदानबाट काम अघि बढाएको वडा सदस्य दुर्गा बहादुर आलेले प्रहार समाचारलाई बताए ।

उनले भने -‘गत वर्ष पनि ५ लाख रुपैयाँ खर्च गरेर पुरानो हटिया क्षेत्रको बाटोको स्तरोन्नति गरिएको थियो । अहिले अन्तमान परियारको घरको आगनदेखि कुलुको चौतारोसम्म १ सय ५० मिटर लम्बाइमा ढुङ्गा सोलिङ, रड हालेर आरसीसी ढलानको काम धमाधम भइरहेको छ ।’

पर्यटकीय सम्भावना बोकेको यो क्षेत्रलाई पहुँचयोग्य बनाउन सकिने विश्वास स्थानीयवासीले लिएका छन्। छिट्टै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भइरहेको यो ग्रामीण बाटो स्तरोउन्नती पछि गाउँको भौतिक पूर्वाधार मात्र नभई पर्यटन प्रवर्धन तथा सामाजिक एकतासमेत मजबुत बनाउने अपेक्षा व्यास १४ का अध्यक्ष काजिमान श्रेष्ठले लिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button