प्रहार समाचार । तनहुँ, ९ भदौ २०८२ सोमवार । । तनहुँको देवघाट गाउँपालिका–५ बुद्धचोक नजिक त्रिशुली नदीमा पौडी खेल्दा हुई किशोर बेपत्ता भएका छन् । पौडी खेलिरहेका बेला चितवनका दुई किशोरलाई नदीले बगाएकोमा एकजनाको स्थानीयले उद्दार गरेका छन् भने अर्का अझै हराइरहेका छन् ।

चितवन महानगरपालिका–१५ फुलबारीका १३ वर्षीय कुसल ढकाललाई स्थानीय सोमबहादुर बोटेले जीवितै उद्धार गरेका हुन् भने चितवनको भरतपुर–१६ मंगलपुरका १७ वर्षीय कृष्ण लामिछाने भने बेपत्ता भएका हुन् । दुवै दिदीबहिनीका छोरा मामाघर आएका बेला पौडी खेल्न गएका थिए भन्ने खुलेको छ । घटनापछि इलाका प्रहरी कार्यालय देवघाट र प्रहरी चौकी जुगेडीको टोली स्थानीयवासीसँगै खोजतलासमा खटिएको छ ।
उनिहरुको खोजिरगन सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारी, चितवनबाट गोताखोर सहितको टोली पनि घटनास्थल पुगेको थियो । त्रिशुलीको प्रचण्ड बहावका कारण लामिछानेको खोजी कठिन भइरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले बेपत्ताको उद्धारमा सक्रियता देखाइरहेका छन् ।
























