हेडलाईनसमाचारप्रदेश

सशस्त्र प्रहरी बलमा ठूलो ख्यामा भर्ना खुल्यो

प्रहार समाचार । तनहुँ, ९ भदौ २०८२ सोमवार । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना साधारण समूह र साधारण उपसमूहका पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ।

यस भर्नामा सशस्त्र प्रहरी जवानका लागि ७८६ र परिचर (विभिन्न ट्रेड) का लागि ६० जना रिक्त पद रहेका छन्। सरकारी सुरक्षा क्षेत्रमा करियर बनाउने इच्छुक युवाहरूका लागि यो सुनौलो अवसरका रूपमा मूल्याङ्कन गरिएको छ। इच्छुक उम्मेदवारहरूले आफ्नो दरखास्त सशस्त्र प्रहरी बलको अफिसियल वेबसाइट www.apf.gov.np मार्फत बुझाउन सक्नेछन्।

उमेर हद र दरखास्त प्रक्रिया
सशस्त्र प्रहरी जवान पदका लागि उम्मेदवारको उमेर विज्ञापन प्रकाशित भएको दिनको आधारमा १८ वर्ष पुरा गरी २२ वर्ष नाघेको नहुनुपर्नेछ (मिति २०६०/०५/०६ देखि २०६४/०५/०६)। सशस्त्र प्रहरी परिचर पदका उम्मेदवारको उमेर सीमा १८–२५ वर्ष तोकिएको छ। दरखास्त फाराम २०८२ भदौ ०६ देखि २०८२ असोज ०५ सम्म बुझाउन सकिने व्यवस्था गरिएको छ।

दरखास्त बुझाउने स्थान र सम्पर्क :
तनहुँ जिल्लामा सशस्त्र प्रहरी जवान पदका लागि फाराम बुझाउने स्थान नं.२३ गण, हे.क्वा., मनकामना, तनहुँ रहेको छ। थप जानकारीका लागि अफिसियल वेबसाइट www.apf.gov.np मा लग-इन गर्न सकिन्छ वा टोल फ्री नं. १११४ मा सम्पर्क गर्न सकिन्छ। यस अवसरलाई समयमै उपयोग गरी योग्य उम्मेदवारहरूले सरकारी सुरक्षा क्षेत्रमा आफ्नो करियर सुरु गर्न सक्नेछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button