हेडलाईनसमाचारप्रदेश

राष्ट्रपतिसँग संवादमा तनहुँको आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरु

प्रहार समाचार । काठमाडौँ, ४ भदौ, २९८२ बुधवार । तनहुँको आदिकवि भानुभक्त क्याम्पसका बिबिए चौथो सेमेस्टरका विद्यार्थी र प्राध्यापकले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटघाट गरेका छन्। शैक्षिक अध्ययनको क्रममा राष्ट्रपति कार्यालय पुग्न पाउनु विद्यार्थीहरूका लागि विशेष अनुभव बनेको छ।

राजनीतिक, सामाजिक र शैक्षिक पक्षबारे अध्ययन गर्न राजधानी पुगेको टोलीलाई राष्ट्रपति कार्यालयले राष्ट्रप्रमुखसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको थियो। भेटघाटमा विद्यार्थीहरूले नेपालको संविधान, राष्ट्रपति संस्थाको भूमिका र राष्ट्रपतिको दैनिक जिम्मेवारीबारे जिज्ञासा राखेका थिए।

सहायक प्राध्यापक विष्णु हडखलेको नेतृत्वमा पुगेको टोलीसँग कुराकानी गर्दै राष्ट्रपति पौडेलले संविधानले परिभाषित गरेको राष्ट्रपतिको काम, कर्तव्य र दायित्वबारे स्पष्ट पारेका थिए । राष्ट्रपति पौडेलले युवाहरूलाई लोकतन्त्रको सुदृढीकरणमा सक्रिय बन्न आग्रह गर्दै अध्ययनलाई व्यवहारमा उतार्नुपर्ने सुझावसमेत दिएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button