हेडलाईनसमाचारबागमती

सात महिनामै फेरिए काठमाडौंका सिडिओ तिवारी : रिजालले सम्हाल्ने जिम्मेवारी

प्रहार समाचार । काठमाडौं, ४ भदौ २०८२ बुधवार । राजधानी काठमाडौंको प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले कर्मचारी प्रशासन महाशाखामा कार्यरत सहसचिव छवि रिजाललाई काठमाडौं सिडिओको जिम्मेवारी तोकेको छ। यसअघि सिडिओको भूमिका सम्हालिरहेका ऋषिराम तिवारीलाई सात महिनामै पदबाट हटाइएर मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा खटाइएको छ ।

सहसचिव तहमै भएको यस सरुवाअन्तर्गत मन्त्रालयले कर्मचारी प्रशासन महाशाखामा जयनारायण आचार्यलाई जिम्मेवारी दिएको छ। मन्त्रालयले बुधबार मात्रै २० जना सहसचिवको सरुवा गरेको हो, जसअन्तर्गत १५ जनाले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्।

गृहको ताजा निर्णयअनुसार ललितपुरसहित अन्य जिल्लामा पनि सिडिओ हेरफेर गरिएको छ। यस्तै १२ जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ। मन्त्रालयले आज भदौ ४ गते गरेको यो निर्णय कार्यान्वयनसँगै राजधानीसहित मुलुकका विभिन्न जिल्ला प्रशासन कार्यालयमा नयाँ नेतृत्व पुगेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button