प्रहार समाचार । तनहुँ, ४ भदौ २०८२ बुधवार । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक (एसपी) टेकबहादुर कार्कीले आज जिल्लाका इलाका प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले कार्यालयको समग्र कामकारबाही, भौतिक संरचना तथा स्थानीय शान्ति सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए ।

एसपी कार्कीले तनहुँको इप्रका बन्दीपुर, आँबुखैरेनी, पुलजीप तथा प्रहरी चौकी डुम्रेको संयुक्त रूपमा निरीक्षण गरे । निरिक्षण पछि एसपी कार्कीले प्रहरी सेवाप्रति जनताको विश्वास बढाउन निरन्तर चुस्त र जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले नागरिकमैत्री सेवा प्रवाह र अपराध तथा लागूऔषध नियन्त्रणमा प्रभावकारी ढंगले लाग्नुपर्ने बताउँदै प्रहरी संगठनलाई अझै परिणाममुखी बनाउन आह्वान गरे ।

उनले नागरिकमैत्री सेवा प्रवाह र अपराध तथा लागूऔषध नियन्त्रणमा प्रभावकारी ढंगले लाग्नुपर्ने बताउँदै प्रहरी संगठनलाई अझै परिणाममुखी बनाउन आह्वान गरे ।

त्यस अबसरमा इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख प्रहरी निरीक्षक तिलक बहादुर बम, इप्रका आँबुखैरेवीका प्रमुख प्रहरी निरिक्षक टेक प्रसाद सुवेदी लगायतले स्थानीय निकाय, समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै क्षेत्रीय सुरक्षामा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरे । निरीक्षणले प्रहरीलाई थप हौसला मिलेको भन्दै उनले सेवाप्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

























