आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

आँबुखैरेनी अस्पतालका बिरामी कुरुवाका लागि नहर्कीद्वारा कुर्ची सहयोग

प्रहार समाचार । तनहुँ, ३ भदौ २०८१ मङ्गलवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयका सुजन नहर्कीले आज गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई १५ थान भिजिटर कुर्ची सहयोग गरेका छन् । गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुधारका लागि अघि सारेको नीति तथा कार्यक्रममा सहकार्य गर्दै उनले बिरामी कुरुवाहरुलाई सहज हुने उद्देश्यले सहयोग गरेका हुन् ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले गरिएको यो सहयोगप्रति गाउँ कार्यपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको छ । पालिकाका अध्यक्ष शुक्र चुमानले नहर्कीले गरेको योगदानले अस्पताल सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।

सहयोगकर्ता नहर्कीले भने, “सानो सहयोगले पनि बिरामीसँग आउने कुरुवाहरुलाई बस्न सहज होस् भन्ने सोचका साथ कुर्ची उपलब्ध गराएको हुँ ।” उनका अनुसार यस किसिमका सामुदायिक सहकार्यले अस्पतालमा सेवा लिन आउनेलाई थप सहजता हुने विश्वास व्यक्त गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button