व्यासहेडलाईनसमाचारगण्डकी

अपाङ्गता भएका बालबालिकालाई विद्यालय पोसाक हस्तान्तरण

प्रहार समाचार । तनहुँ, ३ भदौ २०८२ मङ्गलवार । तनहुँको व्यास –५, सागेस्थित सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई व्यास लेखाजोखा संयोजकले विद्यालय पोसाक हस्तान्तरण गरेका छन् । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लेखाजोखा संयोजक ईश्वर बास्तोलाले विद्यार्थीहरुलाई पोसाक वितरण गर्दै समाज र परिवारमा अपाङ्गता भएका बालबालिकाप्रति हेर्ने दृष्टिकोण दिनानुदिन सुधारोन्मुख रहेको बताए।

२०५१ सालमा स्थापना भएको सिन्धु आधारभूत विद्यालयमा २०५७ देखि बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष आवासीय कक्षा सञ्चालन हुँदै आएको छ। विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले छात्रवृत्ति तथा अन्य उपलब्ध स्रोतलाई सदुपयोग गरेर विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पोसाकको कमी हुन नदिएको बताए। उनका अनुसार विशेष कक्षालाई अझ प्रभावकारी बनाउन विद्यालयले निरन्तर सिर्जनशील गतिविधिहरु अघि बढाइरहेको छ।

स्रोत शिक्षक सीता देवी कुवरले यस्ता सहयोगले विद्यार्थीहरुमा थप उत्साह थप्ने बताइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button