हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

खाद्य प्रशोधन तालिम दमौलीमा : स्थानीय उत्पादनलाई परिकार विविधीकरणमा जोड

प्रहार समाचार । तनहुँ, ३ भदौ २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिका–५ मा सुरु भएको तीन दिने खाद्य प्रशोधन प्रविधि सम्बन्धी तालिमले स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि र परिकार विविधीकरणतर्फ लैजाने उद्देश्य लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजना र खाद्य डिभिजन दमौलीको सहयोगमा आयोजित तालिममा तनहुँ, लमजुङ (बेसीसहर, सुन्दरबजार) र नवलपुर (गैंडाकोट) गरी चार जिल्लाबाट ३५ जनाको सहभागिता रहेको छ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले परम्परागत खाद्यवस्तु कोदो लगायतका उत्पादनलाई प्रविधिमार्फत आधुनिक परिकारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । नगरप्रमुख न्यौपानेले स्वच्छ र सुरक्षित खाद्यवस्तु बजारमा पुगोस् भन्ने उद्देश्यसहित पालिकाले खाद्य डिभिजनसँग सहकार्य गर्दै आएको बताए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, खाद्य कार्यालय पोखराका प्रमुख नवराज दाहाल लगायतले कृषि, पशुपालनसँगै खाद्य प्रविधिलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै बजार अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । यस्तै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलाश भट्टराईलगायतले तालिमको प्रभावकारिता र कार्यन्वयनमा जोड दिए ।

तालिममा टोमेटो केचअप, चट्नी, सस, जाम र मासुको अचार प्रशोधन गर्ने व्यावहारिक अभ्यास गराइनेछ। तालिमलाई वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ र अनुसन्धान अधिकृत रञ्जना चौधरीले प्रशिक्षण प्रदानगर्दै छन् । खाद्य कार्यालय पोखराका प्रमुख नवराज दाहालले कृषि, पशुपालनसँगै खाद्य प्रविधिलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै बजार अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको सहजिकरण खाद्य डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योति आचार्यले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button