हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पश्चिमतिर भारी वर्षाको चेतावनी

प्रहार समाचार । काठमाडौं, ४ भदौ २०८२ बुधवार । गएरातिदेखि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । दार्चुलादेखि अछाम, जुम्ला, डोटी, बाजुरा हुँदै झापा, मोरङ र उदयपुरसम्म वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा पनि पानी परेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिमलगायत देशका पहाडी भू-भागका थोरै स्थान र तराईका कतिपय भागमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सरिरहेका कारण गतिविधि केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षा निरन्तर रहने अनुमान गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button