हेडलाईनसमाचारप्रदेश

उपसभामुख रानाविरुद्ध महाभियोग दर्ता तयारी : सत्ता गठबन्धन एकै ठाउँमा

प्रहार समाचार । काठमाडौँ, ३ भदौ २०८२ मङ्गलबार ।प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने सत्ता गठबन्धनले अन्तिम तयारी गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच लामो समयदेखि टुंगो नलागेको विवादास्पद मुद्दामा दुवै दल एकैपटक अघि सरेका हुन्। पदको दुरुपयोग र ‘भिजिट भिसा प्रकरण’ मा संलग्न भएको आरोपमा उनीविरुद्ध आजै महाभियोग दर्ता हुने निश्चित भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुवै दलका सांसदहरूलाई बोलाएर हस्ताक्षर संकलन सुरु गरिएको छ। नियमावलीअनुसार चौथाइ सांसदको समर्थन जुटाएर प्रस्ताव दर्ता गर्न सकिने भए पनि पारित गर्न भने दुईतिहाइ बहुमत आवश्यक पर्छ। हाल २७४ सदस्यीय प्रतिनिधिसभामा १८३ मत आवश्यक पर्ने भएकाले कांग्रेस–एमालेले साना दलहरूको सहयोग अनिवार्य मानिएको छ। स्रोतका अनुसार प्रस्ताव पारित गर्न सत्तापक्षले अन्य दलहरूसँग संवाद तीव्र पारेको छ।

उपसभामुख राना यसअघि अमेरिकी दूतावासमा असम्बन्धित व्यक्तिहरूको भिसा मिलाइदिन आफ्नै लेटरहेड प्रयोग गरेर पत्राचार गरेको विवादमा तानिएकी थिइन्। कांग्रेसले पटक–पटक राजीनामाको माग गरे पनि उनले पद छाड्न अस्वीकार गरेपछि अब औपचारिक महाभियोग प्रक्रियामार्फत पदच्युत गर्ने तयारी भएको हो। यता राना भने अहिले अमेरिकाको भ्रमणमा रहेकी छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button