हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लम्साल आउने : बन्ला त फोहर व्यवस्थापन केन्द्र ?

दमौली, ३ भदौ । तनहुँको व्यास नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लम्साललाई व्यास नगरपालिकामा सरुवा गरेको हो ।

यसअघि रत्ननगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका लम्साललाई मन्त्रालयले सरुवा गर्दै व्यासतर्फ पठाएको हो। उनी विगतमा तनहुँकै ऐतिहासिक गाउँपालिका बन्दीपुरमा समेत प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका व्यक्ति हुन्।

व्यासमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेलाई मन्त्रालयमा सरुवा भएका छन्। व्यास नगरपालिकामा नगरपालिकाकै कर्मचारीका कारण फोहर व्यवस्थापन सम्बन्धि भ्रष्टाचारको अडियो काण्ड, औषधि खरिद काण्ड लगायतका विषयमा विवाद उत्पन्न भएको थियो । म नगरपालिका भएको यतिका वर्ष बितिसक्दा पनि फोहोर व्यवस्थापन केन्द्र आज सम्म बन्न नसक्नुलाई जन प्रतिनिधि तथा सिङ्गो कर्मचारी प्रशासनप्रति नगरबासिहरुले प्रश्न चिन्ह खडा गरेका छन् । नयाँ अधिकृत आएसँगै नगरपालिकाको नीति तथा सेवा प्रवाहमा नयाँ कार्यशैलीको अपेक्षा सङ्गै वर्षौंदेखि विवादित रहेको फोहोर व्यवस्थापन केन्द्रको व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button