हेडलाईनसमाचारगण्डकी

लमजुङको दोर्दी खोलामा पौडी खेल्दा युवक बेपत्ता

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ३ भदौ २०८२ मङ्गलवार । लमजुङको दोर्दी गाउँपालिका–३ बौसेस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। चितवनको कालिका नगरपालिका–१० घर भई हाल सोही स्थानमा रहेको उत्तर देवी कृषि तथा पशु फर्ममा काम गर्दै आएका १९ वर्षीय उत्तरकुमार प्रजा हिंजो दिउँसो पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार दिउँसो करिब २ बजेतिर प्रजा पौडी खेल्ने क्रममा खोलाले बगाएको भन्ने खबर आएपछि तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य सुरु गरिएको थियो ।

आज मंगलबार बिहानैदेखि पुनः प्रहरी टोली र स्थानीयबासीले बेपत्ता युवकको खोजी कार्यलाई तीव्र पारेको प्रहरी निरीक्षक तेलीले जानकारी दिएका छन्। हालसम्म उनको अवस्थाबारे कुनै सुराग फेला नपरेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button