प्रहार समाचार । तनहुँ, ३ भदौ २०८२ मङ्गलवार । महिला उद्यमीहरूको सशक्तिकरण र उद्यमशीलता प्रवर्द्धनका लागि गण्डकी प्रदेशमा महिला उद्यमी महासंघको औपचारिक गठन सम्पन्न भएको छ। समितिको उपाध्यक्षमा तनहुँकी निर्मला मल्ल उपाध्यक्षमा सर्वसम्मत चयन भएकी छन् ।

नव निर्वाचित अध्यक्षमा पार्वती पौडेल रेग्मी (कास्की) चयन भएकी छन्।

महासंघको गठन कार्यक्रम महिला उद्यमी महासंघ केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, उद्योग मन्त्री मित्रलाल बस्याल लगायतको उपस्थिति रहेको थियो । यस्तै प्रदेशभरिका महिला उद्यमीहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

नवगठित कार्य समितिको सचिवमा रिता रेग्मी अर्याल, कोषाध्यक्षमा खगिसरा लामिछाने (नवलपुर), रहेका छन्। समितिको सदस्यहरूमा चन्द्रकला राना (स्याङ्जा), भिमा कोईराला (पर्वत), शारदा बराल (कास्की), सुकुन रसाइली (मुस्ताङ) र बिनिता अधिकारी (लमजुङ) रहेका छन्।

उक्त अवसरमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार महिला उद्यमीहरूको विकास र सशक्तिकरणमा पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताए। उनले भने -‘महिला उद्यमीहरू समाज र अर्थतन्त्रको महत्वपूर्ण भाग हुन्। प्रदेश सरकारले उनीहरूलाई आवश्यक सहयोग, तालिम र स्रोत उपलब्ध गराउन निरन्तर पहल गर्नेछ।’
उद्योग मन्त्री मित्रलाल बस्यालले महिला उद्यमीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न विभिन्न सरकारी र निजी साझेदारीका कार्यक्रमहरू सञ्चालन हुने जानकारी दिए । उनले भने -‘महिला उद्यमीहरूले नयाँ उद्यम सुरु गर्ने अवसर पाउनु मात्र होइन, तिनको सफलताको लागि व्यापक सहयोग आवश्यक छ। यसै लक्ष्यका लागि उद्योग मन्त्रालयसहित सम्बन्धित निकायहरूले सहयोग गर्नेछन्।’

उद्योग मन्त्री मित्रलाल बस्यालले महिला उद्यमीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न विभिन्न सरकारी र निजी साझेदारीका कार्यक्रमहरू सञ्चालन हुने जानकारी दिए । उनले भने – ‘महिला उद्यमीहरूले नयाँ उद्यम सुरु गर्ने अवसर पाउनु मात्र होइन, तिनको सफलताको लागि व्यापक सहयोग आवश्यक छ। यसै लक्ष्यका लागि उद्योग मन्त्रालयसहित सम्बन्धित निकायहरूले सहयोग गर्नेछन्।’

























