हेडलाईनसमाचारप्रदेश

म्याग्दीको राहुघाट जलविद्युत् आयोजनास्थलमा पहिरो : दुई मजदुरको मृत्यु

प्रहार समाचार । म्याग्दी , २ भदौ २०८२ सोमवार । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनास्थलमा आज गएको पहिरोले दुई मजदुरको ज्यान लिएको छ। झिँ र दग्नामको सीमाक्षेत्रमा रहेको बाँधस्थलमा ढुङ्गा खस्दा मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार पाँच जना घाइते भएका छन्। मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र आयोजनास्थलका अन्य कामदारले घाइतेको तत्काल उद्धार गरी उपचारका लागि सदरमुकाम बेनी लगिएको छ । ल

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गर्दै आएको यो आयोजनाको बाँध क्षेत्रलाई विपद्–संवेदनशील मानिँदै आएको छ। मजदुरको मृत्यु भएपछि आयोजनाको सुरक्षा व्यवस्थासम्बन्धी सवाल पुनः उठेको स्थानीयको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button