हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

‘आपराधिक क्रियाकलाप न्यूनिकरण र जनतालाई शान्तिको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता’ – तनहुँका एसपी कार्की

प्रहार समाचार । तनहुँ, २ भदौ २०८२ सोमवार । जिल्ला प्रहारी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) टेक बहादुर कार्कीले तनहुँमा गैरकानुनी गतिविधि र आपराधिक क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले “कानुनभन्दा माथि कोही हुँदैन” भन्दै अपराधीलाई जुन सुकै हालतमा कानुनको कठघरामा उभ्याउने चेतावनी दिए। एसपी कार्की : तस्बिर : प्रहर अनलाईन मिडिया


कास्कीबाट सरुवा भई तनहुँ प्रहरी प्रमुखको कमाण्ड हिंजोबाट सम्हालेका एसपी कार्कीले आज सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा तनहुँलाई सुरक्षित र अपराधमुक्त जिल्ला बनाउन विशेष कार्ययोजना अघि सारे। उनले विद्यालय तहदेखि नै सचेतना फैलाउने, दुर्घटना न्यूनिकरणका लागि जोखिमपूर्ण क्षेत्रमा सिसी क्यामरा जडान गर्ने र लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्ने योजना उनले सार्वजनिक गरे। उनले जिल्लामा हुने लागूऔषध नियन्त्रका लागि नेपाल प्रहरी चौबिसै घण्टा खटिने उल्लेख गर्दै, फरार अभियुक्त पक्राउ गर्ने , गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुनी कठघरामा उम्याउने तथा आम जिल्लामा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गरे ।


नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, प्रहार अनलाइनका सम्पादक शंकरराज नहर्की, रिपोटर्स क्लब गण्डकीका अध्यक्ष मदन वाग्ले लगायत जिल्लाका सञ्चार कर्मीहरुले जिल्लामा बढ्दो आपराधिक गतिविधि, सडक दुर्घटना तथा लागुऔषध नियन्त्रणका विषयमा सुझाव दिएका थिए।


कार्यक्रममा प्रनि आशिष बिक र प्रनि शिव प्रसाद पाठकले सहजीकरण गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी मात्र नभई समुदाय तथा सञ्चारकर्मीहको पनि उत्तिकै दायित्व तथा जिम्मेवारी रहने उल्लेख गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button