हेडलाईनव्याससमाचारगण्डकी

दुर सञ्चार कार्यालय तनहुँका कर्मचारी परियार नौ दिन देखि बेपत्ता : खोजी कार्य जारि

प्रहार समाचार । तनहुँ, २ भदौ २०८२ सोमवार । तनहुँको व्यास नगरपालिका–१ अग्रेनीका ४० वर्षीय हरी परियार मादी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्। परियार ब्यू हेवन कम्पनी मार्फत दुरसञ्चार कार्यालय तनहुँ, दमौलीमा सवारी चालकका रूपमा कार्यरत थिए।

दुर सञ्चार कार्यालय तनहुँ दमौलीका प्रमुख ई. प्रविण नेपालीका अनुसार परिचार गत शनिवार व्यास–७ दुलेपानीस्थित मादि नदिमा गर्मी भएर पौडी खेल्दा उनी नदीको तेज बहावमा परेका थिए। तत्कालै नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजी थाले पनि आज नौ दिन बितिसक्दा पनि भेट्टाउन सकिएको छैन । परियारको खोजिमा भानुबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक आशिष बि. क. ले बताए ।

‘स्थानीय प्रहरी, सेना र गोताखोर टोलीले खोजी कार्य जारी राखेका छन्। नदीको गहिराइ र बहावका कारण कठिनाइ भए पनि खोजीलाई तीव्र पारिएको छ ।’उनले भने ।

परियार कार्यालय बिदाको दिन शनिबार सहकर्मीहरूसँग बनभोज कार्यक्रममा सहभागी भएर गर्मीका कारण नदी किनार पौडी खेल्न पुगेका थिए। उनीसँगै टेक्निसियन २२ वर्षीय शिखर पौडेल, ३१ वर्षीय विश्यश्वरप्रसाद चौधरी, सुरक्षा गार्ड ४२ वर्षीय शुकबहादुर गुरुङ र सवारी चालक ४० वर्षीय पवनबहादुर कुमाल पनि सङ्गै थिए। बनभोजपछि सबै जना नदीमा पौडी खेल्न गएका बेला परियार बगेर बेपत्ता भएका हुन्।

प्रहरीले घटनास्थल आसपासको क्षेत्रमा खोजी जारी राखेको र परिवारलाई समेत निरन्तर जानकारी गराइरहेको जनाएको छ। यसै बिच नेपाल टेलिकम दमौली शाखाले परियारको खोजिका लागि साराङ्घाट, त्रिदेणी, सुस्ता, कावासोती, लगायत सम्म पुगेको छ। उनको परिवारका व्यक्तिहरु समेत लाई लिएर खोजी कार्य आज सम्म पनि गरिरहेको दुर सञ्चार कार्यालय तनहुँ दमौलीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button