हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

बिपिन जोशीको मुक्तिका लागि इजरायली राष्ट्रपतिसमक्ष आमा र बहिनीको अपिल

प्रहार समाचार । तेल अविव, १ भदौ २०८२ आइतवार । हमासद्वारा बेपत्ता पारिएका बिपिन जोशीको परिवारले इजरायली राष्ट्रपतिसमक्ष पुगेर भावुक निवेदन गरेका छन्। आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति आइज्याक हर्जोगलाई भेटी निर्दोष छोरालाई मानवीय आधारमा तत्काल मुक्त गराउन आग्रह गरेका हुन्। भेटमा नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए।

राष्ट्रपति हर्जोगले बिपिनलाई गत वर्ष ७ अक्टोबरमा हमासले बन्धक बनाएको स्मरण गर्दै उनलाई आफ्नै नागरिकझैँ अनुभव गरिरहेको बताए। उनले बिपिनसहित सबै बन्धकको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको स्पष्ट पारे। यस्तै, जोशी परिवारले इजरायली संसद अध्यक्ष अमिर ओहानासँग पनि भेट गरी अन्तर्राष्ट्रिय पहललाई अझ प्रभावकारी बनाउन आग्रह गरे।

यी उच्चस्तरीय भेटवार्तालाई बिपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाबलाई सशक्त बनाउन र नेपाल–इजरायल सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण कदमका रूपमा लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button