हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

बिपिन जोशीको बहिनी पुष्पाको यस्तो चिकार : “बन्धक सबैलाई घर फर्काऔं”

प्रहार समाचार । काठमाडौँ, १ भदौ २०८२ आइतवार । तेलअविवस्थित होस्टेज स्क्वायर शनिबार साँझ असाधारण दृश्यको साक्षी बन्यो। करिब ६८० दिनदेखि ह’मा’सको ब’न्धक बनेका नेपाली बिपिन जोशीको परिवार पहिलोपटक सार्वजनिक रूपमा त्यहाँ देखिएको हो। आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीको उपस्थिति मात्र होइन, उनीहरूले दिएका शब्दहरूले समेत दशौं हजारको भिडलाई भावुक बनायो।

पुष्पा जोशीले नेपाली र अंग्रेजी दुवै भाषामा सम्बोधन गर्दै आफ्नो दाइलाई मिस गरेको बताइन्। “आफूसँगै खेल्ने दाइलाई निकै सम्झिन्छु,” उनले आँखामा आँसुका साथ भनिन्। उनको यो भावनाले केवल नेपाली समुदाय मात्र होइन, उपस्थित सम्पूर्ण भीडलाई गहिरो रूपमा छोयो।

आमा–छोरीले मंचबाट दिएको सन्देश केवल व्यक्तिगत पीडा मात्र थिएन, बरु सबै ब’न्धकहरूलाई सुरक्षित घर फर्काउन व्यापक सम्झौताको आवश्यकताबारे एकजुट आह्वान पनि थियो। उपस्थित नेपाली र अन्तर्राष्ट्रिय समुदायबीच, उनीहरूको आवाज प्रेम, आशा र मानवीय एकताको साझा स्वर बनेको देखियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button