हेडलाईनव्याससमाचारगण्डकी

नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन २०२५ दमौलीमा : नेतृत्व, संस्कृति र पर्यटन प्रवर्द्धन हुने अपेक्षा

प्रहार समाचार । तनहुँ, ३१ साउन २०८१ शनिवार । नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन तनहुँको सदरमुकाम दमौलीमा हुने भएको छ । “Rise Together for Better Tomorrow” भन्ने नारासहित जेसीआई व्यासनगरको आतिथ्यतामा आगामी भाद्र १४ र १५ गते सम्मेलन आयोजना हुने आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

३१ वर्षको यात्रामा विभिन्न सामाजिक, सांस्कृतिक, शैक्षिक र नेतृत्व विकास अभियानमा अग्रणी भूमिका खेलेको जेसीआई व्यासनगरले यसअघि पनि २०१० मा क्षेत्र “ख” सम्मेलन र २०१५ मा नाम लोम लिडर्स एकेडेमी जस्ता महत्वपुर्ण कार्यक्रम सम्पन्न गरिसकेको थियो । यस पटकको सम्मेलनले तनहुँ जिल्लाको पर्यटन, संस्कृति र व्यवसायिक सम्भावनालाई राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरिएको छ ।

दुईदिने सम्मेलनमा नेपाल जेसीज क्षेत्र “ख” अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, राष्ट्रिय पदाधिकारी, पूर्व अध्यक्षहरु, अन्य क्षेत्रका शाखा पदाधिकारी तथा देशभरका युवा नेतृत्व गरी करिब ८०० जना सहभागी हुनेछन् । उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा हुने सम्मेलनमा नीति–निर्णयका साथै कला–संस्कृति विनिमय, पदयात्रा, स्थानीय परिकारको प्रदर्शन र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा वर्ष २०२५ का अध्यक्ष सुमित ढुङ्गानाले विस्तृत जानकारी दिएका थिए । सो अवसरमा सम्मेलन निर्देशक सुरेश पुरीले सम्मेलनका कार्यक्रम तथा व्यवस्थापनबारे जानकारी गराए । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले सम्मेलनले क तनहुँको धार्मिक र पर्यटन प्रर्वधनमा टेवा पुग्ने विश्वास लिए । कार्यक्रमको सहजिकरण सचिव माधव न्यौपानेले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button