हेडलाईनसमाचारप्रदेश

रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो

प्रहार समाचार । काठमाडौँ, ३१ साउन २०८२ शनिवार । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई शनिबार काठमाडौं ल्याएलगत्तै सिधै नख्खु कारागार, ललितपुर पुर्याइएको छ। विमानस्थलमा ठूलो संख्यामा कार्यकर्ता भेला भएकाले उनलाई भिडबाट जोगाउन सुरक्षाकर्मीले नेपाल आयल निगमतर्फको बाटो हुँदै गाडीमा राखेर बाहिर निकालेका हुन्।

लामिछाने भैरहवाबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं आएका थिए। कार्यकर्ताले विमानस्थलमै स्वागत गर्ने तयारी गरे पनि उनी सार्वजनिक रूपमा देखिन पाएनन्। सुरक्षाकर्मीले परिस्थिति संवेदनशील भएको भन्दै उनलाई गोप्य रूपमा कारागारतर्फ लगेका थिए।

बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा संलग्न भएको आरोपमा गत चैत २५ गते उनी रुपन्देही जिल्ला अदालतको आदेशपछि भैरहवा कारागार चलान भएका थिए। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि जेल पुगेका लामिछानेले १ सय २६ दिनसम्म साथ दिने भैरहवाका जनता, सुरक्षाकर्मी र कारागार प्रशासनलाई धन्यवाद व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button