हेडलाईनव्याससमाचारगण्डकी

लायन्स क्लब अफ तनहुँ भानुभक्तद्वारा गुरुकुलमा हरियाली अभियान

प्रहार समाचार । तनहुँ, ३० साउन २०८२ शुक्रवार । “एक विरुवा, सय आशा” भन्ने भावनासहित लायन्स क्लब अफ तनहुँ भानुभक्तले लायन वर्ष २०२५/२६ अन्तर्गत वृक्षारोपण गर्दै हरियाली सन्देश फैलाएको छ। क्लबका अध्यक्ष लायन बलभद्र श्रेष्ठको नेतृत्वमा व्यास नगरपालिका–५ स्थित महर्षि वेदव्यास वेद विद्याश्रम गुरुकुल संस्कृत विद्यालयको प्राङ्गणमा आज वृक्षारोपण सहित दोस्रो निर्यामित बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा जामुनो, सितर्लचिनी, अमला, च्यूरीसहित दुई दर्जनभन्दा बढी बिरुवाहरू रोपिएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार, वृक्षारोपणले वातावरण संरक्षणसँगै विद्यार्थीहरूमा हरियालीको महत्व बुझाउने उद्देश्य लिएको छ।

कार्यक्रमको संयोजन सचिव लायन सुजन वाग्लेले गरेका थिए। सहभागीहरूका हातबाट रोपिएका बिरुवाहरूले भविष्यमा विद्यालय मात्र होइन, समाजलाई पनि हराभरा बनाउन मद्दत गर्ने अपेक्षा राखिएको छ। क्लबले आगामी दिनमा यस किसिमका पर्यावरणीय तथा चेतनामूलक गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button