हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतमा भयानक दुर्घटना : १० को मृत्यु ३५ बढि घाइते

प्रहार समाचार । भारत, ३० साउन २०८२ । भारतको पश्चिम बंगालस्थित पूर्वा वर्धमान जिल्लामा आज बिहान एक निजी बस र सडकमा रोकिएको ट्रकबीच ठक्कर हुँदा १० तीर्थयात्रीको ज्यान गएको छ । ३५ जना घाइते भएका यस दुर्घटनामा मृतक सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पीटीआई समाचार एजेन्सीका अनुसार पूर्वा वर्धमानबाट दुर्गापुरतर्फ जाँदै गरेका तीर्थयात्रीहरू बोकेको बस अनियन्त्रित भई अगाडि पार्क गरिएको ट्रकमा ठोक्किएको थियो । शक्तिशाली ठक्करपछि बसको अगाडिको भाग पूर्णरूपमा चकनाचुर भएको र यात्रुहरूलाई उद्धार गर्न सुरक्षाकर्मी तथा स्थानीयवासीले ठूलो कठिनाइ खेप्नु परेको थियो ।

घाइते सबैलाई उपचारका लागि बर्धमान मेडिकल कलेज अस्पताल लगिएको छ । दुर्घटनामा परेका तीर्थयात्रीहरू सबै बिहारका बासिन्दा भएको पुष्टि भएको छ भने चालकको लापरबाही र तीव्र गति नै दुर्घटनाको कारण भएको प्रारम्भिक अनुमान गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button