हेडलाईनसमाचारप्रदेश

राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

प्रहार समाचार । काठमाडौँ, २८ साउन २०८२ बुधवार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद छाडेका छन्। निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी त्रुटिपछि चर्को आलोचना खेपिरहेका खतिवडाले बुधबार प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई आज औपचारिक राजीनामापत्र बुझाएका हुन्।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौलाको उपस्थितिमा खतिवडाले राजीनामा बुझाएका थिए। उनले पत्रमार्फत समितिको प्रतिवेदनमा प्रयोग भएको ‘जिम्मेवारी’ शब्दलाई लिएर आफूले जिम्मेवारीबोध गर्दै हाँसीहाँसी पद त्यागेको उल्लेख गरेका छन्।

राजीनामापछि पत्रकारसँग कुरा गर्दै खतिवडाले भने, “पार्टीले बस्नुपर्छ भनेको थियो, तर मेरो मनले मानेन।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button