हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा डिजिटल मार्केटिङ बुट क्याम्प हुने

प्रहार समाचार । तनहुँ, २८ साउन २०८२ बुधवार । तनहुँको व्यास -१, भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि शिक्षा (BICTE) अध्ययनरत विद्यार्थीका लागि ५ दिने डिजिटल मार्केटिङ बुट क्याम्प सञ्चालन हुने भएको छ। आगामी श्रावण २९ गतेदेखि बिहान र साँझ गरी दैनिक ६ घण्टाको सत्रमा हुने तालिममा बिआइसिटिइका ८० जना विद्यार्थी सहभागी हुनेछन्।

क्याम्पसको नियमित पाठ्यक्रममा नपरेका तर आइटी क्षेत्रमा महत्वपूर्ण मानिने विषयहरू समेट्ने उद्देश्यले वर्षमा तीन पटक पूरक पाठ्यक्रमका रूपमा बुट क्याम्प आयोजना गरिँदै आएको क्याम्पसले यस पटक डिजिटल मार्केटिङलाई प्राथमिकता दिएको हो। तालिमका लागि क्याम्पस बाहिरका विज्ञहरूलाई आमन्त्रण गरिएको छ भने कार्यक्रमको आयोजना बिआइसिटिइ विभाग र एबिआइटी क्लबले संयुक्त रूपमा गर्ने भएका छन्।

कार्यक्रम तयारीका लागि भएको बैठकमा क्याम्पस प्रमुख महाप्रसाद हडखलेको अध्यक्षता र सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीको सहजीकरणमा विभागीय प्रमुख इन्जिनियर घनबहादुर थापा र क्लब अध्यक्ष दिवस रानाभाटले हालसम्मको तयारी प्रस्तुत गरेका थिए। कार्यक्रममा अघिल्ला वर्षका बुट क्याम्प अनुभवहरू समेत विद्यार्थीहरूले बाँडेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button