हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँका एसपी शाहीको सरुवा : कार्की तनहुँ प्रहरी प्रमुखमा आउने

प्रहार समाचार । तनहुँ, २८ साउन २०८२ बुधवार । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बीरेन्द्र बहादुर शाहीको सरुवा भएको छ। साइबर ब्युरो अपराध अन्वेषण शाखा, काठमाडौंमा सरुवा भएको छ। शाही तनहुँमा एक वर्ष १८ दिनको कार्यकाल पूरा गर्दै सरुवा भएका हुन्।

तनहुँमा रहेर उनले अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ र शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। नागरिक समाजमा सका र सकारात्मक छवि बनाउन सफल शाहीको कामको जिल्लामा प्रशंसा भएको छ। तनहुँ छाड्नुअघि प्रहार समाचारसङ्ग संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले भने, “तनहुँमा रहँदा जनताको साथ, सहयोग र माया पाएकोमा म अत्यन्त आभारी छु। यहाँको अनुभवले मलाई अझै जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिनेछ। म जहाँ रहे पनि जनताको सुरक्षामा समर्पित रहनेछु।”

उनको स्थानमा नयाँ प्रहरी प्रमुखका रूपमा एसपी टेकबहादुर कार्की सरुवा भएर आउँदै छन्। प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार नौ जना एसपीको सरुवा गर्दा कार्कीलाई तनहुँ पठाएका हुन्। कार्की हालसम्म नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरामा कार्यरत थिए।

यसै सरुवामा जिल्ला प्रहरी कार्यालय धादिङमा भेषराज रिजाल, उदयपुरमा राजन चापागाई र बर्दियामा सरोज पौडेललाई प्रमुखका रूपमा पठाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button