हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको ढाँडखोला सडक सुचारू गर्न १ करोड ५० लाख छुट्याउन माग

प्रहार समाचार । तनहुँ , २८ साउन २०८१ बुधवार । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित विभिन्न संघ–संस्थाले ढाँडखोला मोटरमार्ग मर्मतका लागि तत्काल बजेट छुट्याउन माग गरेका छन्। आर्थिक वर्ष २०८२/०८३ मा शहरी विकास मन्त्रालयबाट पार्चे–हलथुम्का–ढाँडखोला हुँदै बुद्धिसिंह मार्ग जाने सडक स्तरोन्नतीका लागि ३ करोड रुपैयाँ विनियोजन भए पनि करिब ६ वर्षदेखि भासिएको र पहिरोले अवरुद्ध बनेको ढाँडखोला खण्ड अझै सञ्चालनमा आउन नसकेको उनीहरूको गुनासो छ।

यस सडकलाई पुर्ण रूपमा सुचारू गर्न आवश्यक १ करोड ५० लाख रुपैयाँ छुट्याउनुपर्ने मागसहित नवगाउँवेशी टोल विकास संस्थाका अध्यक्ष राम गुरूड, सेतिगंगा आधारभूत विद्यालयका प्र.अ. सिद्धान्त गर्जा मगर, गाउँपाखो खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष देव गुरुङ, बाबा समूहका अध्यक्ष सोम गुरुङ, मिलिजुली युवा क्लबका सचिव जीत बहादुर थापा, समाजसेवी राजु गुरुङ, नर बहादुर गुरुङ, श्याम गुरुङ र मोहन कुमार श्रेष्ठले संयुक्त ध्यानाकर्षण पत्र बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापालाई बुझाएका छन्।

सडक अवरुद्धका कारण स्थानीयहरू वर्षौँदेखि आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। संघ–संस्थाका पदाधिकारीहरूको भनाइमा यो मार्ग सञ्चालनमा आएपछि बन्दिपुर गाउँपालिका–२ र ६ का बासिन्दासहित आसपासका क्षेत्रमा आर्थिक, सामाजिक र शैक्षिक गतिविधिमा सहजता आउनेछ। उनीहरूले गाउँपालिकालाई तत्काल पहल गर्न आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button