हेडलाईनसमाचारप्रदेश

नेपालमा व्यवसायजन्य रोगको सूची लागू : श्रमिक क्षतिपूर्तिको बाटो खुला

प्रहार समाचार । काठमाडौं, २८ साउन २०८२ बुधवार । लामो प्रतीक्षापछि नेपालमा पहिलोपटक व्यवसायजन्य रोगको सूची आधिकारिक रूपमा लागू भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली २०७५ अनुसार सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै ४९ रोगलाई कानुनी मान्यता दिएको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार, नियमावली लागू भएको सात वर्षपछि मात्रै रोगको सूची सार्वजनिक गरिएको हो, जसले अब श्रमिकलाई कार्यसम्बन्धी रोग भए क्षतिपूर्तिको बाटो खोल्नेछ ।

सूचीमा कार्यस्थलमा हुने रासायनिक, भौतिक, जैविक तथा अन्य हानिकारक तत्वको सम्पर्कबाट उत्पन्न हुने रोग, लक्षित अंग प्रणालीसँग सम्बन्धित रोग र व्यवसायजन्य क्यान्सरहरू समावेश छन् । यो कदमले रोजगारदातालाई सुरक्षित कार्य वातावरण निर्माण गर्न र श्रमिकको स्वास्थ्य सुरक्षामा प्रत्यक्ष दायित्व बहन गर्न कानुनी आधार प्रदान गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button