प्रहार समाचार । काठमाडौँ, २५ साउन २०८२ आइतवार । थाइल्याण्डको पटायामा साउन २४ र २५ गते सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १० वर्षीया वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गरेकी छन्। उनले एक स्वर्ण र दुई कास्यसहित तीन पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजिल्याइन्।

प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता थियो। प्रतिस्पर्धात्मक वातावरणबीच वैभवीले आफ्नो क्षमताको प्रभावशाली प्रदर्शन गर्दै दर्शक र निर्णायकको ध्यान आकर्षित गरिन्।
स्पीड किक तर्फ उनले फिलिपिन्स र थाइल्याण्डका प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदक हात पारिन्। यससँगै अन्य दुई विधामा कास्य जित्दै उनले थाइल्याण्डको मञ्चमा बलियो उपस्थिति जनाइन्।

























