हेडलाईनसमाचारप्रदेश

पशुपति आर्यघाटमा शव दहनमै मासु–हड्डी चोरी : अघोरी बाबासँगको सम्बन्धको छानबिन

प्रहार समाचार । काठमाडौं, २४ साउन २०८२ आइतवार । पशुपति आर्यघाटमा दहन भइरहेको शवबाट मासु र हड्डी चोरी भएको सनसनीपूर्ण घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक आशंका अनुसार, ती अंगहरू मसान साधन गर्ने अघोरी बाबालाई बेच्ने गरिएको पाइएको छ ।

शुक्रबार काभ्रेको बनेपाका राम शाहीको अन्त्येष्टिका क्रममा घाटे गणेश ढकालले शवबाट एक टुक्रा निकालेर रहस्यमय व्यक्तिलाई दिएको मलामीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्काल पक्राउ परेका ढकालले मासु नभई हड्डी झिकेको दाबी गरे पनि प्राप्त टुक्रा कसलाई र किन दिएको भन्ने खुलाएका छैनन्।

प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालका अनुसार, अभद्र व्यवहारमा म्याद थपेर थप अनुसन्धान हुँदैछ। यस प्रकारको घटना प्रहरीका लागि नयाँ भएकाले कानुनी धाराबारे कानुन व्यवसायी र सरकारी वकिलसँग सल्लाह लिने तयारी भएको छ।

मलामीको आरोप अनुसार, ढकालले ती अंगहरू ५ सय रुपैयाँमा बेचेका थिए, तर ढकालले पैसाको लेनदेन भएको स्वीकार गरेका छैनन्।

केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी चन्द्रकुवेर खापुङका अनुसार, शवबाट अंग झिक्ने कार्य सामान्य नभए पनि यसको अनुसन्धानका लागि स्पष्ट कानुनी मार्गरेखा अहिलेसम्म बनेको छैन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button