हेडलाईनसमाचारप्रदेशखेलकुद

चितवन राइनोजमा देव खनालको प्रवेश : १५ लाखमा अनुबन्ध

प्रहार समाचार । काठमाडौँ, २४ साउन २०८२ शनिवार । चितवन राइनोजले युवा तथा प्रतिभावान् क्रिकेटर देव खनाललाई अनुबन्ध गरेको छ। यससँगै आगामी सिजनमा देवले राइनोजको जर्सीमा खेल्ने पक्का भएको छ ।

उनी १५ लाखमा अनुबन्धित भएका हुन्। । उनको आगमनसँगै टोलीले ब्याटिङ लाइनअप अझ सशक्त हुने अपेक्षा गरिएको छ।

खनालले यसअघि पहिलो सिजन कर्णाली याक्सको तर्फबाट खेल्दै प्रभावशाली प्रदर्शन गरेका थिए। घरेलु लिगमा स्थिर ब्याटिङ र दमदार स्ट्रोकप्लेका कारण उनी चर्चामा आएका हुन्। उनका निरन्तरका उत्कृष्ट खेल प्रदर्शनले टिम व्यवस्थापनको ध्यान तानेको हो।

चितवन राइनोजका व्यवस्थापकहरूले खनालको अनुबन्धलाई टोलीको रणनीतिक निर्णयका रूपमा लिएको बताएका छन्। उनीहरूका अनुसार देवको अनुभव र क्षमताले आगामी प्रतियोगितामा टिमलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button